रोम– युरोपियन च्याम्पियन्स लिगको समूह 'सी' को प्रतिस्पर्धामा इंग्लिस च्याम्पियन चेल्सीलाई इटालियन क्लब एएस रोमाले ३–० ले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा रोमालाई जित दिलाउन स्टेफिन सारावेले २ गोल गरे। उनले खेलको पहिलो र ३६ मिनेटमा गोल गरेका थिए। ६३ मिनेटमा डिएगो पेरोटले अर्को गोल गरेपछि रोमा ३–० ले अघि बढ्यो।
जारी च्याम्पियन्स लिगमा चेल्सी पराजित हुने पहिलो इंग्लिस क्लब बन्यो। यस्तै चेल्सीले इटालियन क्लबविरुद्धका पछिल्ला ६ अवे खेलमा जित निकाल्न सकेका छैन्। ६ मध्ये चेल्सी पाँच खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको छ। यस्तै चेल्सीले च्याम्पियन्स लिगमा ३ भन्दा बढी गोलले पराजित भएको यो तेस्रो पटक हो।
समूहको अर्को खेलमा एट्लेटिको म्याड्रिडलाई एफके क्वाराबागले १–१ को बराबरीमा रोकेको छ। खेलमा एट्लेटिकोका साबिकले ८८ तथा क्वाराबागका मेडिना डे सिल्भाले रातो कार्ड पाएका थिए।
चौथो चरणको खेलमा सकिदा रोमाले ८ अंक जोडेको छ। चेल्सीको ७ अंक छ भने एट्लेटिकोले ३ अंक मात्र बटुलेको छ। क्वाराबागको २ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।