म्यानचेस्टर– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको नकआउट चरण नजिक पुगेको छ। समूह 'ए' मा लगातार चौथो जित निकालेसँगै युनाइटेड दोस्रो चरण नजिक पुगेको हो।
युनाइटेडले मंगलबार राति भएको खेलमा बेन्फिकालाई २–० ले पराजित गर्यो। ४५ मिनेटमा बेन्फिकाका सेभिलारले आफ्नै पोस्टमा गोल गरेपछि युनाइटेडले अग्रता लियो। ७८ मिनेटमा डाली ब्लिन्डले पेनाल्टी मार्फत गोल गरेर युनाइटेडको अग्रता दोब्बर पारे।
यो समूहको अर्को खेलमा रसियन क्लब सिएसकेए मस्कोले स्विस क्लब बासेललाई २–१ ले पराजित गरेको छ।
लिग चरणको चौथो चरण सकिदा समूहमा युनाइटेडले १२ अंक जोडेको छ। दोस्रो स्थानको बासेलको ६ अंक छ भने मस्कोले पनि ६ अंक नै बटुलेको छ। बेन्फिकाले भने अंक जोड्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।