कोलकाता- इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकता नाइटराइडर्सले किंग्स-११ पञ्जावलाई २८ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको पञ्जावले ४ विकेटको क्षतिमा २ सय १८ रन जोड्यो। उसका लागि रोविन उथप्पाले नटआउट ६७ रन जोडे। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। आन्द्रे रसेलले बिस्फोटक ब्याटिङ गर्ने क्रममा १७ बलमा ४८ रन जोडे। उनले ३ चौका र ५ छक्का हिर्काएका थिए। सुनिल नारिनले ९ बलमा २४ रन जोड्दा नमन रानाको ६३ रन पनि महत्वपूर्ण सावित भयो। उनले ३४ बलमा २ चौका र ७ छक्का हिर्काए।
२ सय १९ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९० रन जोड्यो। लोकेश राहुल १ रनमा आउट हुँदा क्रिस गेलले २० रन भन्दा बढी जोड्न सकेनन्। उनले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेर खेलिरहदा आन्द्रे रसेलले प्रसिद कृष्णबाट क्याच गराएका थिए। मयंक अग्रवालले ३४ बलमा ५८ रन, डेभिड मिलरले ४० बलमा नटआउट ५९ रन र मन्दीप सिंहले १५ बलमा नटआउट ३३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा आन्द्रे रसेलले २ विकेट हात पारे। रसेल खेलको म्यान अफ दि म्याच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।