काठमाडौं(एजेन्सी)– हामी सबै यो विषयलाई लिएर उत्सुक हुने गर्छो, जमिनभन्दा निकै टाढा आकाशको जिन्दगी कस्तो होला? अतंरिक्षमा कस्तो आवाज आउने गर्ला? यी धेरै प्रश्नको उत्तर हालसम्म खोजिएको थिएन।
तर, नासाले भर्खरै एउटा सोधकार्य पुरा गरेको छ। अब हाम्रो चासो अन्तरिक्षमा कस्तो आवाज आउँछ, त्यो चासोमा मात्र सिमित नभएर यसको पूर्ण विवरण बाहिरिएको छ।
नासाले भर्खरै अन्तरिक्षको २२ वटा अडियो टेप सार्वजनिक गरेको छ। जसमा अन्तरिक्षको आवाज सुनेर जो कोही डराउन सक्छन्। नासाले स्पेड साउन्डको नाममा एउटा अडियो क्लिप जारी गरेको छ। जसमा २२ विभिन्न थरीको आवाज प्रष्ट सुन्न सकिन्छ। जुन सुन्दा पनि डर लाग्छ।
नासाले पनि अडियो जारी गर्दै अन्तरिक्षको आवाज डरलाग्दो भएको स्विकार गरेको छ। आवाज सुन्दा यस्तो प्रतिक हुन्छ, अन्तरिक्ष निकै रिसाएको छ। कसैले बेस्कन ढुंगा हानिरहेका छन्। नासाले मानेको छ, प्लाज्मा वेव्समा पनि यस्तै आवाज आउने गर्छ, जसमा समुन्द्र एकहोरो कराइरहेको छ। यसको आवाजको शैली कोकोफोनी जस्तै छ।
नासाको बेन एलेन प्रोब्सेज माथि इम्फेसिसको सहयोगले आवाज राम्रोसँग सुन्न सकिन्छ। अन्तरिक्षको आवाज यस्तो रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।