काठमाडौं (एजेन्सी)– बार्सिलोनालाई च्याम्पियन्स लिगको समूह चरणको खेलमा ग्रीसको ओलम्पियाकोसले गोलरहित बराबरीमा रोकेको छ। ५ वर्षको अवधिमा बार्सिलोना पहिलो पल्ट च्याम्पियन्स लिगको समूह चरणको खेलमा गोल गर्नबाट चुकेको हो।
लुइस सुआरेजको एउटा बल क्रसबारमा लागेर फर्किएपछि बार्सिलोना गोल गर्नबाट बञ्चित भयो। सुआरेजले यो सिजनको च्याम्पियन्स लिगको अहिलेसम्मको खेलमा गोल गर्न सकेका छैनन्। तर, ओलम्पियाकोससँग अंक बाँडेको बार्सिलोना दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणका लागि छानोट भएको छ।
बार्सिलोना समूह ‘डी’ मा युभेन्ट्सभन्दा ३ अंकले माथी रहँदै शीर्षस्थानमा छ। युभेन्ट्स पनि मंगलबार रातीको खेलमा स्पोटिङ लिस्बन विरुद्ध १–१ गोलमा रोकिएको थियो। बार्सिलोनाको ४ खेलबाट १० अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।