न्युयोर्क (एजेन्सी)– न्युयोर्कको डाउनटाउन मेनहटनमा मंगलबार भएको अन्धाधुन्ध गोली प्रहारमा ६ सर्वसाधरणको निधन र ११ व्यक्ति गम्भीररुपले घाइते भएका छन्।
न्युयोर्क प्रहरीले तल्लो मेनहटनमा भएको यो घटनामा आफ्नो गम्भीर ध्यान आकर्षण भएको छ। र, घटनासँग सम्बन्धित २९ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको बताएको छ। अमिरिकी मिडियाले ती व्यक्ति सेफुल्लाे सिपाेभ भएकाे र उनी २०१० मा विदेशबाट अाएर फ्लाेरिडामा बसाेबास गर्न थालेकाे बताएकाे छ।
पक्राउ परेको व्यक्तिले कुनै जानकारी नदिएको पनि प्रहरीले बताएको छ। घटना चेम्बर्स क्षेत्र तथा वेष्ट स्ट्रिटको ‘अप मार्केट’ ट्रिबेकामा भएको थियो। अमेरिकी मिडियाले दिएको जानकारी अनुसार बन्दुकधारी एउटा व्यक्तिले आफ्नो गाडीबाट अन्धाधुन्ध फायरिङ सुरु गरका थिए। यो क्षेत्र स्टुवेन्सेन्ट हाई स्कुल नजिकै छ।
घटनास्थलमा भएको व्यक्तिहरुले एउटा पिकअप ट्रकले सुरुमा थुप्रै गाडीलाई हिर्काएको र एक्कासी त्यो ट्रकबाट गोली हान्न थालेको बताइएका छन्। गोली चल्नुअघि उनीहरुले एउटा व्यक्ति आफ्नो हातमा दुईवटा बन्दुक बोकेर गाडीबाट उत्रिँएको देखेका थिए।
न्युयोर्क सिटी पुलिस विभागले ट्विटरबाट यसको सूचना दिएको छ। सुरक्षाको दृष्टीकोणले न्युयोर्क सबैभन्दा संवेदनशील मानिन्छ। यसैले यहाँका प्रहरी चौविसै घन्टा हाईअलर्टमा हुन्छन्। अमेरिकाको आर्थिक शहर न्युयोर्कमा ८५ लाख मानिस बसोबास गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।