काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा खटिएका सिआइबीका डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा तिरेर रिहा भएका छन्।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको आरोपमा उजुरी परेपछि डिएसपी जिसीलाई कञ्चनपुर जिल्ला अदालतले बयानका लागि बोलाएको थियो।
सोमबार र मंगलबारको बयान सकिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालतले दिएको थियो।
अदालतको उक्त आदेशको केही घन्टामा नै डिएसपी जिसी ९ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।
उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ लाख रुपैया धरौटी माग गरिएको थियो।
अनुसन्धानमा खटिएका ८ जना प्रहरी विरुद्ध उजुरी परेको थियो। बाँकी ७ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन्। डिएसपी जिसी हाल निलम्बनमा परेका छन्।
साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी बालिका पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्।
उनको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।