संयुक्त राष्ट्रसंघ– यमनको उत्तरपश्चिमी इलाकामा मंगलबार भएको एक हवाई आक्रमणमा परि कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको जनाएको छ।
सेभ द चिन्ड्रेनले किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मंगलबार बिहान ९ः३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो।
यस आक्रमणमा परि चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय खुल्न नसकेका व्यक्तिको मृत्यु भएको बताइएको छ। अस्पताल खुलेको करिब आधा घण्टा पछि सो हवाई आक्रमण भएको जनाइएको छ।
उक्त समयमा कैयौं बिरामी र कर्मचारी अस्पताल पसिरमा आइपुगेका थिए। मारिएकाहरूका एक स्वास्थ्य कार्यकर्ता, उनका दुई बालबालिका र एक जना अस्पतालका सुरक्षा गार्ड रहेका छन्।
गत वर्ष यमनमा हरेक महिना सरदर ३७ जना बालबालिका विदेशी हवाई बम आक्रमणमा मारिएका थिए।
अस्पताल जस्तो जनघनत्व बढी भएको इलाकामा आक्रमण गरी निर्दोष बालबालिका र स्वास्थ्यकर्मीको ज्यान लिनु यो एक अविवेकी र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको सेफ द चिन्डेनको भनाइ छ।
इरानको समर्थन रहेको हुथी विद्रोहीले कब्जामा लिएको राजधानी साना सन् २०१४ मा फिर्ता लिएपछि यमनको द्वन्द्व शुरु भएको थियो। हुथी विद्रोहीले अदेल रब्बो मन्सुर हादीको सरकारलाई ढालेको थियो।
साउदी अरबियाआबद्ध संयुक्त सेनाले हादीको सरकारलाई अन्तर्राष्ट्रिय रुपमा नै मान्यता दिएपछि हुथी विद्रोहीहरूले सन् २०१५ बाट सरकार विरुद्ध लड्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।