राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका १ को वैरबामा जातीय संगठन र प्रहरीबीच भिडन्त भएको छ।
मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्य शक्ति राईको नेतृत्वमा आएको समूहसँग भिडन्त भएको एसएसपी राजेन्द्र विष्टले बताए।
कोसी टप्पु वन्यजन्तु आरक्षको १० बिघा जग्गा कब्जा गर्न खोजेपछि प्रहरीसँग दोहोरो भिडन्त भएको हो।
मकवानपुरदेखि २० जिल्लाबाट भेला भएका ५ सय मानिसले कब्जा गर्न खोज्दा प्रहरीसँग झडप भएको हो। सो क्रममा प्रहरीले करिब २० राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई फर्कन आग्रह गरेको छ।
यो समूहले किन र के उद्देश्यले कब्जा गर्यो भन्ने बारेमा विस्तृत विवरण भने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।