काठमाडौं– नेपाली युवा टिमले एसिसी यू–१९ एसिया कपको तयारी बंगलादेशमा गरिरहेको छ। सोमबार बंगलादेशमा पुगेको नेपालले तयारीको क्रममा बंगलादेशको यू–१९ टिमसँग ३ वटा अभ्यास खेल खेल्दैछ। नेपालले बंगलादेशको युवा टिमसँग १६, १८ र १९ कात्तिकमा एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम छ ।
२३ कात्तिकदेखि मलेसियामा हुने यू–१९ एसिया कपमा नेपाल समूह 'ए' मा परेको छ । समूह 'ए' मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन्। नेपालले पहिलो खेल २५ कात्तिकमा बंगलादेशसँग खेल्नेछ। नेपालको दोस्रो खेल २६ कात्तिकमा भारतसँग र तेस्रो खेल २७ कात्तिकमा मलेसियासँग खेल्नेछ।
तस्बिरमा हेर्नुहोस् नेपालको तयारी :











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।