मुम्बई (एजेन्सी)– बलिउड अभिनेता रणवीर कपुर र पाकिस्तानी अभिनेत्री माहिरा खानको चर्चा त्यति बेला चुलिएको थियो, जब उनीहरुको चुरोट खाँदै गरेको तस्बिर इन्टरनेटमा भाइरल भयो।
गत सेप्टेम्बरमा न्युयोर्कको एउटा होटल बाहिर उनीहरु चुरोट खाँदै गरेको अवस्थामा भेटिएका थिए । यसपछि यी दुवै कलाकारबीच प्रेम सम्बन्ध गहिरिएको चर्चा चलेको थियो।
अहिले फेरि माहिरा खानको अर्को भिडियो भाइरल भएको छ । जसमा उनी ‘बार बार देखो’ फिल्मको गीत ‘काला चश्मा’ मा नाच्दै गरेको देखिएकी छन्।
रणवीरकी पूर्व प्रेमिका केटरिना कैफको गीतमा माहिराको डान्स बाहिरिएपछि भाइरल भइरहेको छ । भिडियोमा माहिराले भनेकी छिन्, देश-दुनियाँमा कालो चश्माको चर्चा छ ।' यसपछि उनी हातमा भएको चश्मा फेरि लगाएर नाच्न थाल्छिन्।
पाकिस्तानी नायिका माहिरा यसै वर्ष रिलिज भएको शाहरुख खान अभिनीत फिल्म ‘रइस’ मार्फत बलिउडमा प्रवेश गरेकी थिइन् । भारतको उरीमा भएको आतंकवादी हमलापछि पाकिस्तानका सबै कलाकारलाई भारतमा रोक लगाइएपछि माहिराले फिल्मको प्रमोशनमा भाग लिन पाइनन् । यतिबेला माहिरा अघिल्लो फिल्म ‘वर्ना’ को प्रमोसनमा व्यस्त छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।