मुम्बई (एजेन्सी)– अक्षय कुमार अभिनीत ‘इत्तेफाक’ फिल्म प्रदर्शनको तयारीमा छ । सस्पेन्स थ्रिलर मानिएको यो फिल्मको विषयलाई लिएर यतिबेला एउटा अभियान नै सुरु भएको छ । फिल्मका अभिनेता अक्षयलगायत बलिउड स्टार शाहरुख खानले फिल्म हेरिसकेका दर्शकहरुलाई सस्पेन्स नखोल्न आग्रह गरेका छन्।
कुनै कलाकारले फिल्म रिलिजभन्दा अगाडि दर्शकलाई गरेको यो नै पहिलो अपिल हो । फिल्मको सस्पेन्सलाई सस्पेन्स राख्न आग्रह गर्दै शाहरुखले ‘बाहुबली’ को उदाहरण पेश गरेका छन्, ‘बाहुबलीमा कटप्पाले बाहुबलीलाई किन मारे भन्ने पहिले नै थाहा पाएको भए, को हलमा जान्थे ? त्यसैले ‘इत्तेफाक’ को सस्पेन्स कायम राख्नुपर्छ।’
अक्षयले पनि ट्विटरमार्फत भिडियो सेयर गरेका छन् । उनले यो फिल्ममा सोनाक्षी सिन्हा, सिदार्थ मल्होत्रा, अक्षय खन्ना र आफूभध्ये जो पनि हत्यारा हुन सक्ने बताएका छन् । त्यसैले सस्पेन्सलाई सस्पेन्स कायम राख्न अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।