लन्डन (एजेन्सी)– १ सय ८ वर्षीय हजुरआमाको मोडलिङ गरेको फोटो सार्वजनिक भएपछि सोसल मिडियामा उनलाई पछ्याउनेको लर्को लागेको छ । विश्व चर्चित मिडिया हाउस बिबिसी लन्डनमा कार्यरत २४ वर्षीय हानाह अजालाले शनिबार आफ्नी हजुरआमासँग खिचेको फोटो सोसल मिडियाबाट सार्वजनिक गरेकी थिइन्।
जुन फोटोमा उनले ट्विट गरेकी थिइन्, ‘फोटो सुट गर्ने समय १ सय ८ वर्षीया हजुरआमासँग।’
अजाला कुनै सेलिब्रिटी होइनन् । तर, उनको ट्विटमा १ हजारभन्दा बढी लाइक आइसकेको छ भने ३ सयले सेयर गरेका छन् । यसबाट उत्साही भएकी अजालाले गत वर्ष आफ्नो हजुरआमासँग गरेको छोटो कुराकानीलाई एउटा शीर्षक ‘७ प्रश्न १ सय ७ वर्षीय हजुरआमासँग’ भनेर पोस्ट गरेकी छिन्।
यो भिडियो फुटेज उनले नाइजेरियास्थित आफ्नो घरमा गरेकी थिइन् । उनले आफ्नो हजुरआमालाई पहिलो पल्ट ७ महिनाको हुँदा भेटेको खुलाएकी छिन् । यसपछि एकै पल्ट उनको भेट हजुरआमा १ सय ७ वर्ष पुगेपछि भएको थियो।
उनको हजुरआमाको नाम मोरियिके मोजोइनोला अबेके अजाला हो । उनले अन्तर्वार्तामा आफूले श्रीमानलाई निकै माया गर्ने र त्यतिबेला नाइजेरियामा पुरुषहरुले थुप्रै महिला विवाह गर्ने चलन भए पनि आफू एक्लो श्रीमति भएको बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।