वासिङ्टन- अमेरिकाको सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले सोमबार खारेज गरेको छ।
कुनै पनि नीतिले प्रस्तावलाई स्वीकार गर्न नसक्ने ठहर गर्दै अदालतले सो प्रस्ताव खारेज गरेको हो।
वासिङटन डिसीमा रहेको जिल्ला अदालतका न्यायाधिश कोलिन कोलर कोटेल्लीले तेस्रोलिंगीलाई निषेध गर्नुपर्ने कुनै कारण नभएको बताए। तेस्रोलिंगीले सैन्य सेवामा अहिलेसम्म कुनै नकारात्मक असर पारेको नदेखिएको उनको भनाइ छ।
तर अमेरिकी सरकारले भने तेस्रोलिंगीका कारण सैन्य सेवामा खर्च बढेको भन्दै उनीहरुलाई सेवा प्रवेशमा रोक लगाउन खोजिएको बताएको छ।
उनीहरुलाई सैन्य सेवामा निषेध गर्ने प्रस्तावलाई परम्परावादीहरुले प्रशंसा गरेका थिए भने उदारवादी र तेस्रो लिङ्गीहरु तथा लैङ्गीक समानता पक्षधरहरु क्रुद्ध भएका थिए।
'अदालतको यो आदेशले हामी सबैलाई खुसी बनाएको छ, यो हामी सवैको विजय हो,' तेस्रोलिङ्गी शान्नोन मिन्टरले भने, 'समानताको पक्षमा आदेश आएको छ,'
रिचमण्ड विश्वविद्यालयका कानुन प्राध्यापक कार्ल टोविआसले यात्रामा प्रतिबन्ध लगाउने निर्णय जस्तै ट्रम्प प्रशासनले रुढीबादी बाहुल्य भएकाहरुको सल्लाहमा यस्तो निर्णय गरेको बताए।
राष्ट्रपति कार्यालय ह्वाइटहाउसका सञ्चार सचिव सराह हुक्काबी सान्डेर्सले सोमबारको ‘प्रेस व्रिफिङ’ मा न्याय विभागले आदोमाथी पुनर्विचार गर्ने बताए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।