काठमाडौं– प्रस्तोता समाज नेपालले एनसेल प्रालिको पिआरबिटीबाट प्राप्त रोयल्टी वितरण गरेको छ।
मंगलबार अनामनगरस्थित प्रस्तोता कार्यालयमा प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यलयका रजिष्ट्रार प्रकाश आचार्यको उपस्थितिमा ५२ जना कलाकारलाई रोयल्टी प्रदान गरिएको हो।
२०१७ डिसेम्बरदेखि २०१८ जुनसम्म ६ महिनाको रोयल्टी वितरण गरिएको कार्यालयका अध्यक्ष तुलसी पराजुलीले जानकारी दिए।
६ महिनामा एनसेलमार्फत पिआरबिटी प्रयोग गरेबापत रोयल्टी प्राप्त गर्ने ५२ जना कलाकारमा सबैभन्दा बढी रकम प्रमोद खरेलले बुझेका छन्। उनले १ लाख ४२ हजार ३ सय ५ रुपैयाँ बुझेका हुन्।
त्यसैगरी अन्जु पन्तले रु १ लाख ३८ हजार ५ सय २६ रुपैयाँ १० पैसा रकम बुझेकी छन्।
सबैभन्दा कम रोयल्टी बुझ्नेमा ‘कार्टुन क्रु’ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।