गोरखा- साउन ५ गतेदेखि बेपत्ता अजिरकोट गाउँपालिका ३ र ५ का वडासचिव दीपकबाबु दर्जी अझै फेला परेका छैनन्।
वडा नं. ३ का अध्यक्ष तयाराज गुरुङसँग चार दिनको बिदा मागेर हिँडेका उनी अहिलेसम्म सम्पर्कविहीन भएका हुन् आएका छैनन्। दर्जीलाई फोन गर्दागर्दा आफू आजित भएको गुरुङले बताए। ‘९ गते आइपुग्छु भनेर मसँग बिदा मागेर हिँडेका हुन्,’ गुरुङ्गले भने, ‘त्यसयता कुनै सम्पर्क हुन सकेको छैन।’
सचिवको अभावमा पञ्जीकरण लगायतको काम वडाबाट हुन सकेको छैन भने सामाजिक सुरक्षाभत्ता समेत दिन नसकिएको गाउँपालिका प्रमुख फणीन्द्र धिताल बताउँछन्। बसाइँसराइ सिफारिस, जन्मदर्ता, मृत्युदर्ता लगायतका काम प्रभावित भएका छन्।
दर्जीले गाउँपालिकाको वडा नं. ३ (हंसपुर) र ५ (मुच्चोक) को जिम्मेवारी सम्हाल्दै आएका थिए।
जिल्लामा २ नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन्। ७० वटा वडा कार्यालयमा ७० वटा वडा सचिवको आवश्यकता भए तापनि एउटै सचिवले ३/४ वटासम्म वडा हेर्नुपरेको उनीहरु बताउँछन्।
जिल्लामा अहिले ३१ जना वडासचिव कार्यरत रहेको जिल्ला समन्वय समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।