सुरुङ्गा (झापा)- अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समिति काठमाडौं फर्किएको छ।
गृह मन्त्रालयका सहसचिव वीरन्द्रकुमार यादवको संयोजकत्वमा गठित टोली शनिबार दिउँसो झापा आएको थियो। समितिले तीन दिनमा काम सकेर सोमबार फर्किएको प्रजिअ ऋषिराम तिवारीले जानकारी दिए।
समितिले मृतक र नगरपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी र जिल्ला सुरक्षा समितिसँग घटनाका विषयमा जानकारी लिएको थियो। समितिले बिर्तामोड घटनाको प्रतिवेदन सात दिनभित्र गृह मन्त्रालयमा बुझाउने जनाइएको छ। समितिमा प्रहरी नायब महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहेका छन्।
सिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै विर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।