नैरोबी, केन्या- केन्यामा भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनमा ५६ वर्षीय उहुरु केन्याटा ९८.२ प्रतिशत मत प्राप्त गरी विजय भएको निर्वाचन आयोगले सोमबार जनाएको छ।
अक्टोवर २६ मा राष्ट्रपतीय चुनाव भएको थियो। विवादकाबीच भएको निर्वाचनमा केन्याटलाई ७४ लाख ८३ हजार ८९५ मत परेको र उनका निकततम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले ७३ हजार २२८ मत पाएको आयोगले जनाएको छ।
ओडिङ्गाले निर्वाचन धाँधलीरहित हुने शङ्का व्यक्त गर्दै अन्तिम चरणमा आएर निर्वाचन बहिष्कार गरेका थिए।
केन्याटाले गत असस्टमा भएको निर्वाचनमा पनि जित हात पारेका थिए। तर विपक्षी नेता ओडिङ्गाले परिणाम अस्वीकार गर्दै सर्वोच्च अदालत पुगेका थिए। सो परिणाम सेप्टेम्बरमा रद्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।