• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

युवा राष्ट्रिय क्रिकेट टिममा वीरगञ्जबाट अर्का बलरको उदय

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०७४  ०३:२६
1140x725

यू–१९ राष्ट्रिय टिम छनोटका लागि गत वर्ष 'ट्यालेन्ट हन्ट' आयोजना गरिएको थियो । देशका विभिन्न ६ स्थानमा गरिएको 'ट्यालेन्ट हन्ट' मार्फत ५२ युवा खेलाडी छानिएका थिए । जसमध्ये काठमाडौं र कलैयाबाट बढी खेलाडीले स्थान पाएका थिए। 

कलैयामा भएको ट्यालेन्ट हन्टमा जनकपुर र वीरगञ्जका खेलाडी पनि सहभागी थिए । त्यस क्रममा वीरगञ्जका खेलाडी अब्बल देखिएका थिए । वीरगञ्जका खेलाडी पवन सर्राफ, अनिलकुमार साह, आरिफ शेखले यू–१९ टिममा स्थान बनाउन सफल भए । तर, वीरगञ्जकै आशा गरिएका तीव्र गतिका बलर रसिद खानका लागि भने यू–१९ राष्ट्रिय टिममा स्थान बनाउन एक वर्ष कुर्नुपर्‍यो । रसिदले आइतबार घोषणा यू–१९ टिममा पहिलो पटक स्थान बनाएका हुन्। 

कात्तिक २३ देखि मलेसियामा हुने एसिया कपमा वीरगञ्जका स्थायी बासिन्दा रसिदले पहिलो पटक नेपालको झन्डा अंकित जर्सी लगाउनेछन् । त्यसअघि रसिदसहितको नेपाली टिमले बंगलादेशमा तयारी गर्नेछ । तयारी क्रममा नेपालले बंगलादेशको यू–१९ टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ । नेपालले बंगलादेशको युवा टिमसँग कात्तिक १६, १८ र १९ मा एकदिवसीय अभ्यास खेल खेल्नेछ।

युवा टिममा छानिएर लगत्तै एसिया कपमा खेल्ने कुराले रसिद निकै उत्साहित छन्। 

'विगत एक वर्षदेखि गरेको मिहिनेतका कारण युवा टिममा स्थान पाएँ', अभ्यासका लागि सोमबार बंगलादेश उड्नुअघि रसिदले नेपाल लाइभसँग भने । रसिदले बंगलादेश भ्रमणलाई क्षमता प्रमाणित गर्ने अवसरको रुपमा लिएका छन् । 'अभ्यासमा आफ्नो क्षमता देखाउने अवसर छ । शतप्रतिशत खेलेर टिमलाई योगदान दिन चाहन्छु', उनको विश्वास छ। 

रसिदलाई निखारेका प्रशिक्षक जहुर अन्सारी रसिदलाई मिहिनेती खेलाडी मान्छन्। 

'रसिद मिहिनेती खेलाडी हो', रसिद युवा टिममा परेपछि प्रतिक्रिया दिँदै अन्सारीले भने, 'उसको मिहिनेत हेर्दा एक वर्षअघि नै युवा टिममा पर्छ जस्तो लागेको थियो । अब उसले आफ्नो क्षमता देखाउने बेला आएको छ।' 

एक वर्षको बीचमा रसिदले यू–१९ टिममा स्थान बनाउन विभिन्न आरोह-अवरोह पार गरे । उनले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर मात्र पाएनन्, धनगढी प्रिमियर लिग (डिपिएल) को च्याम्पियन टिम चौराहाबाटै खेले। 

Ncell 2
Ncell 2

उनले ट्यालेन्ट हन्टमा देखाएको क्षमता राष्ट्रिय प्रतियोगिताका लागि खेल्न पर्याप्त । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय टिममा रसिदले मध्यमाञ्चलको टिममा स्थान पाए । मध्यमाञ्चलले राष्ट्रिय प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्‍यो । तर, रसिदका लागि भने यही प्रतियोगिता सम्झनलायक बन्यो । पश्चिमाञ्चल विरुद्धको खेलमा ५ विकेट लिएर उनले जीवनको यादगार प्रदर्शन गरे । तर, उनको टिम मध्यमाञ्चल पराजित भयो।

'राष्ट्रिय प्रतियोगितामा पहिलो पटक खेल्ने अवसर पाएकोमै म खुसी थिएँ । एकै खेलमा ५ विकेट लिएपछि झनै यादगार बन्यो', उनी सम्झन्छन्। 

राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन रसिदका लागि टर्निङ प्वाइन्ट बन्न पुग्यो । उनलाई डिपिएलका लागि घरेलु टोली चौराहाले आबद्ध गर्‍यो । राष्ट्रिय टिमका कप्तान पारस खड्काको रोजाइमा परेर टिममा छानिएका उनले पहिलो रोजाइको टिममा भने मौका पाएनन् । एक खेलमा मात्र खेल्ने मौका पाए । तर पनि उनलाई गुनासो थिएन। 

'टिममा धेरै सिनियर दाइहरु हुनुहुन्थ्यो । मेरो लागि टिममा पर्नु नै ठूलो थियो । पहिलो रोजाइमा नपरे पनि धेरै सिक्ने मौका पाएँ', रसिदले भने। 

डिपिएलपछि एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताका लागि बोलाइएको पहिलो चरणको टिममा रसिद पनि परे । तर, फेरि रसिदले अन्तिम टिममा स्थान बनाउन सकेनन्। 

नेपालले पूर्वी क्षेत्रीय छनोटको च्याम्पियन बनेर नेपाल यू–१९ एसिया कपका लागि छनोट हुन सफल भयो । लगत्तै डाकिएको अर्को क्याम्पका लागि उनी फेरि सामेल भए । एक महिना चलेको क्याम्पमा राम्रो मिहिनेत गरेकाले एक वर्षपछि राष्ट्रिय टिममा स्थान बनाउन सफल भए।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  ०३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक सम... आइतबार, चैत ८, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्स... शुक्रबार, चैत ६, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु शनिबार, चैत १४, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्