काठमाडौं – यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ काठमाडौंको न्युटन स्कुल र मोरङ विद्यालय भलिबल कमिसन अन्तिम १६ मा प्रवेश गरेका छन् ।
न्युटनले दोलखाको श्री सैलुङ घ्याङलाई २५–१२ र २५–१० ले पराजित गर्यो। मोरङले धादिङको एडभान्स एकेडेमीलाई २५–९ र २५–२२ ले हराए। दुवै टिम समूह विजेताको रुपमा अन्तिम सोह्मा स्थान बनाउन सफल भएका हुन् ।
पुरुषतर्फको अन्य खेलमा काभ्रे विद्यालय भलिबल कमिसन, ग्लासियर कलेज, झापा विद्यालय भलिबल कमिसन र धनुषाको विनायक बोडिङ स्कुल विजयी भएका छन्। काभ्रेले प्यारामाउण्ड एकेडेमीलाई २५–१६,२०–२५ र २५–२१ ले हरायो
ग्लासियर कलेजले गुराँसेभूमीलाई १३–२५,२५–२२ र २५–१९ ले पराजित गरेको छ। झापाले माफलाई २५–१४ र २५–७ को सोझो सेटमा हरायो । विनायकले भक्तपुरको हिमचुली एकेडेमीलाई २५–९ र २५–१६ को सोझो सेटमा हरायो ।
महिलातर्फ चितवनको मेखौली स्पोटर्स र भक्तपुरको स्प्रिङडेल स्कुलले अन्तिम १६ मा स्थान बनाए। मेखौलीले परोपकारलाई २५–८ र २५–७ को सोझो सेटमा हरायो । स्प्रिङडेलले थ्रीस्टारलाई २५–८ र २५–१६ को सोझो सेटमा हरायो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।