नयाँ दिल्ली (एजेन्सी)– पाकिस्तानले श्रीलंकाविरुद्ध एकतर्फी रुपमा टी–२० शृंखला जितेपछि ‘म्यान अफ दि सिरिज’बाट सम्मानित शोएब मलिकसँग भारतीय टेनिस स्टार सानिया मिर्जाले एउटा उपहार माग गरेकी थिइन्। तर, सानियाको यो मागप्रति माफी माग्दै पाकिस्तानी खेलाडीले भनेका छन्, ‘सरी भाभी (भाउजू)।’
सानिया सोएब मलिकलाई हौसला दिन पाकिस्तान पुगेकी थिइन्। उनी रंगशालामा पनि देखा परिन्। यद्यपि मैदान प्रवेश गर्ने मौकाबाट उनी चुकिन्। सोएबले उत्कृष्ट खेलाडीबापत मोटरसाइकल उपहार पाएका थिए। यसपछि सानियाले सोसल मिडियाबाट सोएबलाई बधाई दिँदै भनेकी थिइन्, ‘घुम्न जाने होइन।’

सोएबले उत्तरमा ‘जाने..जाने’ भनेका छन्। तर, सोएबको बाइक पछाडि शादाब खान पहिले नै बसेका थिए। यसपछि सानियाले भनिन्, ‘ठिक छ, केही कुरा छैन। मलाई लाग्छ सिट पहिले नै कसैले लिइसकेका छन्।’
जसको उत्तर दिँदै सोएबले लेखेका छन्, ‘होइन..होइन। उनलाई मैदानमै छोडेर आइसके।’ सानिया र सोएबको ट्विट पढेपछि शादाबले सानियासँग माफी माग्दै पोस्ट गरेका छन्, ‘उप्स..सरी भाभी।’
सोएब, सानिया र शादाबको यो च्याट अहिले सोसल मिडियामा निकै भाइरल भएको छ। सोएब र सानियाको विवाह सन् २०१० मा भएको थियो। विवाहपछि पनि सोएब पाकिस्तानका लागि क्रिकेट खेल्छन्। सानिया भारतका लागि टेनिस खेल्छिन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।