काठमाडौं- अग्नि ग्रुपअन्तर्गत अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ का अवसरमा 'खुशी आउछ बन्डलमा' योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिने मोटोइन्कले जानकारी दिएको छ।
स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन्। एक वर्षका लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने बताइएको छ।
महिन्द्राका स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहक प्रदान गरिएको कुपन लक्की ड्रमा समावेश गरी १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्स प्रदान गरिनेछ।
लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिनेछ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्निग्रुपअन्तर्गतको अग्नि मोटो इन्कले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटर विक्रीवितरण गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।