काठमाडौं- चैत्र २९ गते रिलिजको तयारीमा रहेको फिल्म ‘यात्रा’को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नर्माण युनिटले फिल्मको ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो। एक ‘भ्लगर’को कथा बोल्ने म्युजिकल लभ स्टोरीमा आधारित फिल्मको ट्रेलरमा यात्राका क्रममा ग्रामीण परिवेशमा भेटिएका प्रतिभा उजार गर्ने प्रयास देखाइएको छ।
कलाकारहरू सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेल, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेतलगायतको अभिनय रहेको फिल्ममा प्रतीक पौडेल, सुरेश न्यौपाने, शिशिर खातीको लेखन रहेको छ।
सम्राट शाक्यले निर्देशन रहेको फिल्ममा सम्राटको कथा, तथा पटकथा रहेको छ।
संजय लामाको छायांकन, प्रविण सिंहको कोरियोग्राफी रहेका फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।