मुम्बई– निर्देशक रोहित शेट्टीले सुरक्षाकर्मी बिषयमा बनाएका सबै फिल्महरु सफल मानिन्छन्। अजय देवगणको सिंघम र रणबीर स्रिहकव् सिंबा जस्ता फिल्महरु पनि यसमा सामेल छन्। अब एक पटक फेरि रोहितले अक्षय कुमारलाई लिएर अर्को एउटा फिल्म बनाउँदैछन्, सूर्यबंशी।
यो फिल्ममा पनि अक्षय एउटा प्रहरीको भूमिका देखिने छन्।
सूर्यवंशीको घोषणा लगत्तै अक्षयको जोडीका रुपमा कुन नायिकालाई देख्न सकिएला भन्ने अनुमान व्याप्त थियो। कुरा क्लियर त भइसकेको छैन तर रोहित निकट सूत्रहरुले भने सूर्यवंशीमा अक्षयको जोडी नायिकाका रुपमा फेरि कटरिना कैफलाई तय गर्ने तयारी भइरहेको जनाएका छन्।
‘कटरिनालाई नै अभिनय गराउने कुराकानी भइरहेको छ। सम्भवत यो फिल्ममा पनि अक्षयसँग उनको जोडि जम्ने छ,’ निर्देशक रोहितको टिममा काम गरिरहेका एकजना फिल्मकर्मीले नवभारत टाइम्ससँग भनेका छन्, ‘रोहितका लागि यो जोडी नै फापेको पनि छ।’
यसभन्दा पहिला पनि अक्षर र कटरिनाले वेलकम, तीस मार खान, सिंग इज किङ र दे दना दना र हमको दिवाना कर गए जस्ता फिल्महरुमा जोडि बनेर काम गरेका गरेका थिए।
यो फिल्मको कथाबारे प्रारम्भिक काम भइरहँदा निर्देशक रोहित शेट्टीको दिमागमा कटरिना बाहेक अरु कुनै हिरोइनको नाम घुमिरहेको बताइएको थियो। तर अभिनेता अक्षयले नै यो फिल्मका लागि कटरिनाकै नाम सिफारिस गरेको बताइएको छ।
फिल्म सूर्यबंशी अर्को वर्षको इदको मौकामा सार्वजनिक गर्ने योजनासहित काम भइरहेको छ। यदि यही अनुरुप काम भयो भने यो फिल्म सलमान खान र आलिया भट्टले शीर्ष भूमिका निर्वाह गरेको संजय लिला निर्देशित फिल्म इंशाअल्लाहसँग जुध्ने छ।
दुई मेघा फिल्मको लडाईँ रमाइलै होला नि, दर्शकका लागि।
हिन्दस्तान टाइम्सबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।