वासिङ्टन- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सो भेटवार्ताको क्रममा गोलान हाइट्समा रहेको यहुदीहरूको सार्वभौमितालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ।
सिरियाले १९६७ मा ६ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान हाइट्स लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो। अमेरिकाले इजरायलको सार्वभौमिकता स्वीकार गर्ने अनुमान गरिएको छ।
आगामी अप्रिल ९ मा इजरायलमा हुन गइरहेको निर्वाचनलाई आभार प्रकट गर्नु नै राष्ट्रपति ट्रम्प एक पाइला अगाडि बढ्नु भएको इजरायली विदेश मन्त्रीले बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले मङगलबार इजरायलका प्रधानमन्त्री नेतान्याहुको उपस्थितिमा गोलान हाइट्समा इजरायलको सार्वभौमिकताको विषयमा हस्ताक्षर गर्ने बताइएको छ।
गोलान हाइट्समा इजरायलीको सार्वभौमिकता स्वीकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपतिको ट्रम्पलाई पछ्याइरहेका थिए।
इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङगत छलफल सोमबार हुने कार्यक्रम रहेको छ।
गाजामा रकेट प्रहारपछि भ्रमण छाेट्याएर नेतान्याहु स्वदेश फर्किने
यसैबीच इजरायलस्थित तेल अबीबको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन्। रकेट आक्रमणमा परी कम्तीमा ७ व्यक्ति घाइते भएका छन्।
आफ्नो देशमा सुरक्षाको कारण अमेरिकाको भ्रमण छोट्याउने निर्णय गरेको नेतान्याहुले बताएका छन्।
नेतान्याहुले केही घण्टामात्र राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरी आफ्नो देश फर्किन लागेका समाचारमा उल्लेख गरिएको छ। नेतान्याहुको कार्यालयबाट प्रकाशित भिडियोमा सो जानकारी दिइएको स्थानीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।