एजेन्सी– मेघना गुलाजरको निर्देशनमा बन्न लागेको फिल्म 'छपाक'को पहिलो पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा अभिनेत्री दीपिका पादुकोणको 'एसिड अट्याक' लुक्स सार्वजनिक गरिएको छ।
फिल्ममा दीपिका एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिकामा देखिनेछिन्। लक्ष्मीलाई सन् २००५ मा विवाह प्रस्ताव अस्विकारपछि एसिड आक्रमण भएको थियो।
पोस्टरमा दीपिकाको लुक्स सार्वजनिकपछि उनका फ्यानहरु समेत नि:शब्द बनेका र अन्य कलाकर्मी पनि अचम्ममा परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
फिल्ममा दीपिका आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण क्यारेक्टर ‘मालती’को रुपमा प्रस्तुत हुन लागेकी हुन्।
आफ्नो एसिड आक्रमणपछिको विभत्स फिल्मी फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘मालती, एक यस्तो क्यारेक्टर हो, जुन सधैं मेरो साथमा रहनेछ।’
फिल्म आउँदो जनवरी १० बाट प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।