काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ।
सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कमल गौतमले हस्ताक्षर गरेका छन्।
यस्ता सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेखहरु प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।