काठमाडौं- गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘बिस्तारै’को भिडियो सार्वजनिक भएको छ।
गायिका अन्जु पन्त र गायक जगदीश समालको स्वर रहेको गजलमा किरण श्रेष्ठले सङ्गीत भरेका छन्।
आइतबार सार्वजनिक भएको उक्त गजलमा किरण कँडेलको एरेन्ज छ।
गजलकार वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’मा समावेश यस गजलको भिडियोमा अभिनेता दीलिप रायमाझी र मोडल अकेशा बिष्टको अभिनय देख्न सकिन्छ।
गजलको आवाज रेकर्डको काम अमेरिकाको बोस्टनमा भएको हो भने गजलको भिडियो पनि बोस्टनमै छायाङ्कन गरिएको गजलकार वाग्लेले जानकारी दिए।
विक्की पुलामीको निर्देशन रहेको गजलको भिडियोमा सागर शंकरको छायांकन, फराज अर्पनको सम्पादन देख्न सकिन्छ।
गजल भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।