लुसाका– जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथि प्रश्न उठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गरेका थिए।
प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई लुसाकाबाट पक्राउ गरिएको पुष्टि गरे।
'उहाँलाई अहिले प्रहरी हिरासतमा राखिएको छ, थप विवरण पछि दिदै गरौला,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।