कराँची– पाकिस्तानका लाखौं नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ।
गरिबी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ।
प्रतिवेदनका अनुसार औसतमा पाँच जनामध्ये एक जनामा अर्थात् पाकिस्तानका करिब २ करोड जनामा कुपोषणको समस्या रहेको छ।
'देशमा खाद्यपदार्थको अभाव त छैन, तर पनि यति धेरै मानिसमा कुपोषण देखिएको छ,' प्रतिवेदनमा उल्लेख गरिएको छ।
देशका खाद्यपदार्थ पर्याप्त भए पनि आर्थिक सामाजिक कारणले कतिपयको पहुँचमा नभएको विज्ञहरुले बताएका छन्।
'पाकिस्तानमा खाद्य सुरक्षाका लागि चार पक्ष छन्, एउटा पक्ष उपलब्धता हो भने दोस्रो पक्ष पहुँच, तेस्रो पक्ष उपयोगीता र चौथो पक्ष स्थीरता हो,' एक जना वरिष्ठ अर्थविद् तथा अनुसन्धानकर्ता डा अम्ब्रीन फतिमाले भने।
यसको अर्थ पाकिस्तानका धेरै जनालाई पर्याप्त खाद्य पदार्थको उपलब्धता अभाव रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।