काठमाडौं- नायक पल शाह र नायिका सारा श्रीपाइलीको अभिनयमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ।
गायक खुमन अधिकारीको ‘१४ अञ्चल ससुराल’ बोलको गीतमा पल र साराको रोमान्टिक मोड देख्न सकिन्छ।
माधव न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा अराज केशवको र्याप सुन्न सकिन्छ।
चलनचल्तीको गीतभन्दा फरक शैलीमा नयाँ गीत ल्याएको बताउने खुमनको यो गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य रहेको छ।
विक्रम चौहानको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादक गरेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।