कठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनालको गीती एल्बम 'परिवर्तनका स्वरहरु' भाग २ को विमोचन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एल्बम सार्वजनिक गरेका छन्।
सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सकारात्मक परिवर्तनको क्रम बढेको बताए। 'विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ,' ओलीले भने।
प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसक्नु भएका नेता खनालको सृजनशीलताको प्रशंसा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।