• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

तामाकोशीको भाका फेरि नोभेम्बरका लागि सर्‍याे, प्राधिकरणको टोली स्थलगत अनुगमनमा

64x64
नेपाल लाइभ शुक्रबार, चैत ८, २०७५  १७:३७
1140x725

काठमाडौं- राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने मिति एक वर्ष पर धकेलिएको छ।

आयोजनाको हाइड्रोमेकानिकल सम्बन्धी काम आगामी नोभेम्बरमा सकाउन पनि मुस्किल रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए। हाइड्रो मेकानिकल काम सकाउन अझै ६ महिना जति लाग्ने भन्दै श्रेष्ठले त्यसपछि मात्रै परिक्षणका लागि सुरुङमा पानी खसालिने जानकारी दिए। 

आयोजना सुरु गर्दा २०७१ चैतलाई सम्पन्न हुने मिति मानिएको थियो। तर, दाेस्राे पटक २०७५ असार, तेश्रो पटकका लागि मंसीर पहिलो हप्ता र हाल फेरि आगामी नोभेम्बरका लागि सम्पन्न मिति सारिएको छ। गत मंसीरमा नै आयोजनाको सुरुङ 'ब्रेक थ्रू' भएसँगै केही समयभित्रै निर्माण सम्पन्न गरेर व्यवसायिक उत्पादनमा जाने बताइएकाे थियाे।

तर, आयोजनाको काममा ढिलाई हुँदै गएपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ, आयोजना प्रमुख श्रेष्ठलगायतको टोली शुक्रबार स्थलगत अनुगमनका लागि निर्माण स्थल दोलखा पुगेको छ।

यसअघि, घिसिङले आयोजना स्थलमा नै बोर्ड बैठक राखेर आयोजना प्रमुख विज्ञान श्रेष्ठलाई साे ठाउँ नछाड्न निर्देशन दिएका थिए। यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' ले आयोजना तोकिएको समयभन्दा पहिले सकाए आयोजनालाई १ अर्ब रुपैयाँ पुरस्कार दिनेसमेत घोषणा गरेका थिए।

स्वदेशी लगानीमा सम्पन्न हुन लागेको हालसम्मकै ठूलो आयोजना निर्माणमा ढिलाई हुँदा मासिक १ अर्ब २० करोड रुपैयाँ भन्दा बढी नोक्सानी हुँदै आएकाे छ। ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयरको मोडालिटीबाट चलिरहेको आयोजनाको ऋणको दैनीक ब्याज नै १ करोड भन्दा बढी छ।

तामाकोशीसँगै सुस्तायो भारतसँग 'इनर्जी बैंकिङ'को सपना

Ncell 2
Ncell 2
nimb
nimb

तामाकोशी जलविद्युत आयोजनाको उत्पादन मिति सरेसँगै नेपालले भारतसँग गर्ने भन्दै आएको 'इनर्जी बैंकिङ'को अवधारणा पनि अलपत्र परेको छ।

सुुख्खायाममा भारतबाट विद्युत आयात गरेर वर्षायाममा निर्यात गर्ने भन्दै 'इनर्जी बैंकिङ'को अवधारणा ल्याइएपनि तामाकोशी आयोजना कहिले बन्ने भन्ने नै टुंगो नलागेपछि उक्त विषय पनि कार्यान्वनको चरणबाट पर धकेलिँदै गएको हाे।

नेपालले भारतसँग इनर्जी बैकिङका लागि सैद्धान्तिक सहमति गरिसकेको छ। यही हप्ता मात्रै बिहार राज्यले 'इनर्जी बैंकिङ'का लागि नेपालको धारणा माग गरेको छ। बिहार स्टेट पावर कम्पनीले 'इनर्जी बैंकिङ'का लागि प्रस्ताव गरेपनि हाल नेपालसँग निर्यातका लागि उपलब्ध विद्युत नै छैन।

कुल ४ सय ५६ मेघावाट जडित क्षमता रहेको आयोजना निर्माण सम्पन्न भएसँगै 'इनर्जी बैंकिङ'का लागि बाटो खुल्ने भएपनि आयोजना बन्न ढिलाई भएका कारण कुनै प्रक्रिया चाल्न नसकेको नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी प्रवल अधिकारीले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल विद्युत प्राधिकरणले २०५७ देखि २०६० सम्म आयोजनाको सम्भाव्यता अध्ययन तथा प्रवेशमार्गको 'विस्तृत इन्जिनियरिङ डिजाइन' कार्य गरेको थियो। नर्वे सरकारको सहयोगमा नर्वेजियन परामर्शदाता कम्पनी 'नर्कन्सल्ट एएस'मार्फत २०६५ सालमा विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भएको थियो। आयोजनाको भौतीक निर्माणको काम २०६७ साल भदौमा सुरु गरेर २०७२ असारमा सक्ने लक्ष्य राखिएको थियो।

१० अर्ब ५९ करोड रुपैयाँ बराबरको 'इक्विटी' रहेको आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत सेयर रहेको छ।

त्यसैगरी, दोलखा जिल्लाबासीको १० प्रतिशत, कर्मचारी संचयकोषका संचयकर्ताको १७ दशमलब २८ प्रतिशत, विद्युत प्राधिकरणका कर्मचारीको ३ दशमलब ८४ प्रतिशत, कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीको २ दशमलब ८८ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर लगानी रहेको छ।

ऋण लगानी गर्ने संस्थाहरुमा कर्मचारी संचय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरीक लगानी कोषको २ अर्ब, राष्ट्रिय बीमा संस्थानको २ अर्ब र नेपाल सरकारको ११ अर्ब ८ करोड रुपैयाँ गरी कुल ३१ अर्ब ८ करोड रुपैयाँ रहेको छ। लक्षित समयभन्दा झन्डै ४ वर्ष बढी समय लागेपछि आयोजनाको लागत पनि बढ्ने देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्