प्रयागराज, भारत- भारतमा भएको कुम्भ मेलामा गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ। कुम्भ मेला विशेषमा ५ सय बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले जनाएका छन्।
यसअगाडि यसैगरी सबैभन्दा धेरै अर्थात् ३९० बस लगातार सँगै गुडाएर आबुधाबीमा विश्व रेकर्ड कायम गरिएको थियो।
भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी) ले ती बसहरुलाई ३.२ किलोमिटरसम्म गुडाएको बताइएको छ। युपिएसआरटीसीले सबै राज्यका १८ वटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।