काठमाडौं– ठगी गरेको आरोपमा प्रहरीले कानुन व्यवसायी शिव प्रसाद दाहाललाई पक्राउ गरेको छ । काभ्रेको उग्रदण्डी घर भई घट्टेकुलो बस्ने दाहालले जग्गा कारोबारको बहानामा ठगी गरेको आरोप लागेको छ । महानगरीय अपराध महाशाखाले आइतबार उनलाई पक्राउ गरेको हो ।
उनले मातातिर्थमा रहेको साम्राज्य शमशेर जबराको जग्गा आफुले बेच्ने भन्दै तीन जनासँग ४१ लाख ५० हजार रुपैयाँ बैना लिएका थिए । तर, जग्गा बेच्न नसकेपछि बैना पनि फिर्ता दिएनन् । चेक दिएकोमा बाउन्स भएपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका हुन् । पक्राउ परेका दाहाललाई बैंकिङ कसुर मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।