जिम्बाबेमा बाढी र तुफानबाट दुई लाख प्रभावित

नेपाल लाइभ | २०७५ चैत ८ शुक्रबार | Friday, March 22, 2019 ०६:३२:०० मा प्रकाशित

जेनेभा– जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघीय निकायले दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन्। 

प्रारम्भिक विवरणमा प्रभावितहरुको संख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरुको संख्या बढेको देखिएको हो। 

डब्लुएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारी अनुसार जेनेभामा प्रप्त विवरणमा रातारात प्रभावितहरुको संख्या बढेको उल्लेख छ। 

मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले “धेरै खराब” अवस्था सृजना गरेको उनले बताए। । जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ, उनले भने।

जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरुको संख्या सयबाट बढेर १३९ पुगेको छ। राष्ट्रसंघले बाढीबाट प्रभावित भएकाहरु मध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ। 

सरकारी अधिकारीहरुले भने प्रभावितहरुको संख्या छ लाख पुगेको दावी गरेको पनि प्रवक्ता भेर्हुसेलले बताए। एएफपी