मोसुल– इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दुर्घटनामा कैयौं बेपत्ता भएका छन्।
कुर्दिस नयाँ बर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। “नागरिक सुरक्षा समूहले अहिलेसम्म ५४ जनाको शव भेटाएको छ, अरु उद्धार तथा खोजी कार्य जारी छ,” एक अधिकारीले भने।
मोसुलको पर्यटक व्यापारिक केन्द्रतर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको फेरि दुर्घटनामा परेको हो। उद्दार कार्य जारी रहेकोले यसबारे बिस्तृत विवरण आइनसकेको बताइएको छ।
घटनापछि कैयौँ व्यक्ति सम्पर्कमा आउननसकेका र उनीहरूको मृत्यु भएको हुनसक्ने बताउँदै अधिकारीले मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताएका छन्। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।