काठमाडौं- चैत्र २३ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन्।
उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै उम्मेद्वारीको घोषणा गरेकी हुन्।
यसअघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलाता पूर्वक सम्हालेकी लामिछाने विक्रम सम्वत् २०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन्।
चर्चित टेलिशृंखला ‘मुक्ति’बाट अभिनय सुरु गरेकी सरिता लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन्।
पछिलो समय टेलिशृंखला ‘दृष्टि’मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान्-श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।