काबुल– अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परि ६ जनाकोे मृत्यु भएको छ।
राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरूले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो।
यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो।
काबुलमा बिहान भएको एक विस्फोटमा परि ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताए।
यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको छैन।
काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरूको नयाँ वर्षको बिदा मनाउन बसेका अफगान नागरिकको भिडमा सो विस्फोस्ट भएको थियो।
अफगानिस्तानका सिया मुसलमान समुदायलक्षित आइएस आतङ्ककारी समूहले पनि बारम्बार आक्रमण गर्दै आएको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।