एजेन्सी– अभिनेता सलमान खान र निर्देशक संजयलीला भन्साली दुई दशकपछि एउटै फिल्ममा काम गर्ने भएका छन्। उनिहरु आउँदो फिल्म ‘दिल दिया इन्साल्ला’मा एकसाथ जुट्ने भएका हुन्।
दुई दशकअघि सलमान र भन्सालीले ‘हम दिल दे चुके सनम’मा एकसाथ काम गरेका थिए। ‘दिल दिया इन्साल्ला’मा मुख्य कलाकारका रुपमा सलमान र आलिया भट्ट रहने भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ। यसबारे सलमान र आलिया स्वयंले पनि ट्विटरमार्फत जानकारी गराएका छन्।
सलमानले आफ्नो ट्विटरमा २० वर्षपछि संजयसँगै इन्सालल्लामा काम गर्न लागेको जानकारी गराउँदै आलिया पनि साथमा रहने उल्लेख गरेका छन्।आलियाले पनि भन्सालीसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।