काठमाडौं– गायक सुरज कुमार थापाको ‘नाचन नाचन’ बोलको गीत सार्वजनिक भएको छ।
सन्तोष बस्न्यातको प्रस्तुति तथा शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन गायक स्वयंम्को रहेको छ।
गीतको भिडियोमा अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के.सी र सन्देश शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।
चर्चित सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा हुँमागाईंले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन्।
भिडियोको नृत्य निर्देशन रे ज्याक खड्का र सहायक निर्देशन निरजन महतले गरेका छन्।
विगत १५ वर्षदेखि चर्चित नेपाली सांगीतिक समूह ‘नेपथ्य’मा समेत सक्रिय सदस्यको रुपमा आबद्ध रहेका गायक सुरज कुमार थापा विगत १७ वर्षदेखि संगीत सिकाउँदै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।