• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

धुलाेबाट मुक्तिका लागि शंखरापुरवासीकाे एक स्वर : सडक छिटो बनाेस्

छिट्टै सडक निर्माण सम्पन्न हुन्छ : आयोजना
64x64
नेपाल लाइभ बुधबार, चैत ६, २०७५  १३:५२
1140x725

– आदित्य दाहाल/रासस
साँखु- चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो। यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित बस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ पनि यस्तै भएको हो। शंखरापुरवासीले सहरको सुविधा खासै पाएका छैनन्। अधिकांसलाई धुलोले सताएको छ।

चाबहिलबाट साँखु हुँदै मेलम्ची पुग्ने सडकखण्डअन्तर्गतको जोरपाटी, थली, इन्द्रेणी, साँखु, जहरसिंह पौवा, नाङलेभारे, छापभन्ञ्याङ हुँदै मेलम्चीसम्म सडक नजिक धेरै बस्ती बसेका छन्। सडकको मर्मत तथा स्तरोन्नति नहुँदा धुलोले उक्त सडकखण्ड र नजिकका बस्ती कुइरीमण्डल बन्न पुगेको छ भने सडक छेउका बासिन्दा धुलोको प्रत्यक्ष सिकार बन्न पुगेका छन्।

शंखरापुर नगरपालिका–२ जहरसिंह पौवाका अजय चौलागाईं भन्छन्– 'सडक छेउमा निकै सुविधा र सहज हुन्छ भनेर घर बनाएँ। अहिले सडकको अवस्था र धुलोका कारण निकै ठूलो गल्ती गरें जस्तो लागिरहेको छ।' धुलोले प्रदूषण निकै बढाएको छ। धुलोले घर पूरै कुरुप बनेको छ। कच्ची सडक छेउमा घर हुनु भनेको सास्ती खेप्नुबाहेक केही नरहेको चौलागाईं बताउँछन्।

चाबहिलबाट साँखु ११ दशमलव ४६ किलोमिटर र साँखुदेखि मेलम्ची करिब २९ किलोमिटर कच्ची सडकखण्ड हो। सडकमा बाक्लो धुलो उड्छ। मेलम्ची पुग्ने छोटो सडक भएकाले उक्त सडकखण्डमा यातायातको चाप निकै छ। नियमित गुड्ने सवारीसाधनले उडाएको धुलोको कारण स्थानीय बासिन्दा आजित भएका छन्।

शंखरापुर–१ नाङलेभारेका एकादत्त दंगाल भन्छन् – 'श्वास फेर्न समेत गाह्रो छ। दिउँसै झ्यालढोका थुनेर बस्नुपर्ने अवस्था छ। जाडो महिनामा केही सहज त हुन्छ तर, गर्मी बढेसँगै न झ्यालढोका थुनेर भित्र बस्न सकिन्छ न त बाहिर नै बस्न सकिन्छ।'

शंखरापुर नगरपालिका पांग्रेबासकी सिलसिला ढकालले कपडा धोएर सुकाउनसमेत नपाउने गुनासो पोखिन्। 'धुलोले आँगनमा कपडा सुकाउन सकिँदैन, अन्त लैजाने ठाउँ छैन, सडक कहिले बन्छ टुङ्गो छैन', उनको प्रश्न थियो, 'कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो?'

सडक नबन्दा सडक नजिकका बासिन्दाहरु रोगी बन्ने मुख्य कारण नै सडकबाट उडेको धुलोे हुन पुगेको छ। यस्तो समस्या चावहिलबाट शंखरापुरको जहरसिंह पौवा हुँदै मेलम्चीसम्मको यात्रा गर्ने यात्रुहरु तथा सडक छेउका बासिन्दामा देखिएको छ।

प्रदूषणकै कारण अहिले उक्त क्षेत्रका बासिन्दा धेरै पटक बिरामी परेका छन्। कतिपयलाई लामो समय नाक बन्द हुने समस्या छ। घाँटी चिलाउने तथा धुलोका कारण एलर्जी हुने समस्याबाट ग्रसित पनि धेरै छन्। हावामा मिसिएका मसिना कणहरु श्वासमार्फत शरीरभित्र सजिलै पस्ने भएकाले दीर्घकालीन रोग लाग्ने डर भएको शंखरापुरका भरत दंगाल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

जहरसिंह पौवाका नवराज ओझाले संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि आफूहरु सोही अधिकारबाट वञ्चित हुनुपरेको गुनासो गरे। शंखरापुर नगरपालिकाको प्रायःजसो क्षेत्र धुलोको प्रदूषणबाट आक्रान्त छन्। कतै-कतै मान्छे नै ठम्याउन नसक्ने स्थिति आउने भएकाले यात्रा निकै सकसपूर्ण हुने गरेको यात्री लक्ष्मण दुलाल बताउँछन्।

शंखरापुर भारेगाउँका मनोज दंगाल भन्छन्, 'मान्छे नचिन्ने धुलोका बीच यात्रा गर्दा बिमारी नै भइन्छ। यसरी कति वर्षसम्म हामीले धुलो खानुपर्ने हो?' सडक बनाउन नसके ट्याङ्करबाट पानी खन्याएर धुलो मारे पनि निकै राहत पुग्ने उनको भनाइ थियो।

२०७२ मा सडक विस्तार सुरु गरिएको भए पनि चाबहिल–साँखु सडकखण्डको करिब ११ दशमलब ४६ किलोमिटर सडक मर्मत अझै सम्पन्न हुन सकेको छैन।

त्यस्तै, साँखुबाट शंखरापुरको नाङ्लेभारे हुँदै मेलम्ची पुग्ने सडक कसले निर्माण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन। सडक निर्माण भएको एक दशकभन्दा बढी समय बित्दासमेत उक्त सडकको स्तरोन्नति हुन सकेको छैन। 

Xtrem

Xtrem

त्यस्तै, चाबहिल–साँखु सडकमा पर्ने जग्गाको मुआब्जा दिन सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएपछि मुआब्जा प्रक्रियामा जाँदा सडक निर्माण केही ढिला हुन पुगेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले बताए।

चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजनासहित अहिले धमाधम निर्माण कार्य भइरहेको उनले बताए। कालोपत्रका लागि गिट्टी राख्ने काम भइरहेको छ। अब छिट्टै सडकको निर्माण सम्पन्न हुने श्रेष्ठको विश्वास छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा उक्त सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत गर्ने यस सडकखण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेकाले सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या पर्ने गरेको दक्षिणढोकाका स्थानीयवासी नानुमैयाँ खड्काले बताइन्।

सडक नबन्दा व्यापार व्यवसाय गर्नेहरुका लागि त झन् धेरै समस्या छ। धुलोका कारण पहिलेको तुलनामा ८५ प्रतिशत व्यापार घटेको नारायणटार डेरीका भीमसेन सापकोटाले गुनासाे गरे। अहिले व्यापार घटेर भाडा तिर्नै नपुग्ने अवस्था पुगेको भन्दै उनले सडक निर्माणमा तीव्रता दिन आग्रह गरे।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार जोरपाटी, साँखु हुँदै मेलम्चीसम्म दैनिक २५० भन्दा बढी टिप्पर गुड्छन् । सडकको अवस्था नाजुक र गाडीको चाप अत्यधिक भएकाले प्रायः उक्त सडकखण्डमा सवारी दुर्घटना हुने गरेको प्रभागकी प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।

साँघुरो सडकमा भार बोकेका टिप्परले झनै धेरै धुलो उडाउने गर्छन्। यस अतिरिक्त दैनिक सयौंको सङ्ख्यामा अन्य सवारीसाधन गुड्दा वायु प्रदूषण बढ्छ नै। लामो समयदेखि धुलोको समस्या खेपेका शंखरापुरवासीको एउटै माग छ – सडक छिटो बनाेस्। स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लागोस्।

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्