• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चालू आवमा दाङमा थप ४ सय हेक्टरमा सिँचाइ पुग्दै

64x64
नेपाल लाइभ बुधबार, चैत ६, २०७५  १२:५८
1140x725

–दीपक बोहरा/रासस

लमही- चालू आर्थिक वर्षमा दाङको थप ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने भएको छ। चालू आवभित्र ५ वटा सिँचाइ आयोजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासिनीले जानकारी दिए।

उनका अनुसार सुकदेवा सिँचाइ आयोजनाको काम पूरा भएको भए पनि क्लाङखोला सिँचाइ आयोजना, भवानी कुलो सिँचाइ आयोजना, खटारे कुलो सिँचाइ आयोजना, जितपुरे सिँचाइ आयोजनाको काम चालू आवभित्रै सक्ने गरी काम अगाडि बढेको छ।

उनले १ करोड ५१ लाख लागतमा निर्माण भइरहेको क्वाङ्खोला सिँचाइ आयोजनाको काम ९५ प्रतिशत पूरा भएको जानकारी दिए। त्यस्तै, सोही लागतमा निर्माण हुन लागेको भवन सिँचाइ आयोजनाको ७५ प्रतिशत काम पूरा भएको उनले बताए।

बजेट अभावका कारण यी सिँचाइ आयोजनाको कामसमेत प्रभावित हुने गरेको उनको भनाइ छ। 'बजेट अभावले गर्दा कामले गति लिन सकेको छैन', मरासिनीले भने, 'यी आयोजनाका लागि करीब ९ करोड रुपैयाँ बजेट आवश्यक छ।' 

त्यस्तै निर्माण भइरहेको खटारे सिँचाइ आयोजनाको काम ५० प्रतिशत पूरा भएको छ भने जिपपुरे सिँचाइ आयोजनाको काम २० प्रतिशत पूरा भएको उनले जानकारी दिए। यी दुई सिँचाइ आयोजनाको काम पूरा गर्न ८/८ लाख रुपैयाँ बजेट आवश्यक रहेको मरासिनीको भनाइ छ। पछिल्लो समय दाङमा उचित सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता छ। 

अटोभिलेजका लागि २ करोड 

तुलसीपुरमा निर्माण भएको अटोभिलेज संरक्षणका लागि करीब २ करोड बजेट छुट्याएको छ। तुलसीपुर उपमहानगरपालिकाका ६ र ९ नम्बर वडाको बीचमा पर्ने पातुखोलामा निर्माण भएको उक्त अटोभिलेजलाई सुरक्षित राख्न संघीय सरकारको ४० प्रतिशत समपूरक अनुदान र प्रदेश सरकारको ६० प्रतिशत अनुदानबाट उक्त बजेट छुट्याइएको हो।

Ncell 2
Ncell 2

अटोभिलेज संरक्षण गर्न ३१७ मिटर लम्बाइको आरसिसी तटबन्ध निर्माणका लागि १ करोड ९० लाख रुपैयाँ बजेट आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख गणेश मरासिनीले जानकारी दिए। उनका अनुसार पातुखोलाको वडा नम्बर ६ तर्फ पर्ने किनारमा तटबन्ध निर्माण हुनेछ। उक्त तटबन्ध निर्माणको काम चालू आर्थिक वर्षभित्र सकिने र त्यसका लागि गत आइतबार बोलपत्रसमेत आह्वान भइसकेको उनको भनाइ छ।

यसअघि उपमहानगरपालिका र व्यवसायीको करीब डेढ करोड रुपैयाँ लागनीमा वडा नम्बर ९ तर्फ तटबन्ध गर्ने काम भइरहेको अटोभिलेज व्यवस्थापन समितिका उपाध्यक्ष पदमप्रसाद पोखरेलले बताए। 'पातुखोलाको किनारमा हामी अटो व्यवसायी बसेका छौँ', उनले भने, 'तटबन्ध निर्माण नभए वर्षात्‌मा अटोभिलेज बगाउने डर थियो, तर अब दुवैतर्फ तटबन्ध निर्माण हुने भएपछि भने ढुक्क भएका छौँ।'

तुलसीपुर बसपार्कमा बस्दै आएका अटो व्यवसायीलाई खाली रहेको पातुखोलाको जग्गालाई व्यवस्थापन गरी त्यहाँ सारिएको छ। तुलसीपुर बसपार्कलाई आधुनिक बनाउन त्यहाँबाट व्यवसायीलाई उक्त स्थानमा सारिएको हो। अहिले करीब डेढ सय अटो व्यवसायी त्यहाँ बस्दै आएका छन्। व्यवसायी तथा उपमहानगरपालिकाको गरी करीब ८ करोड रुपैयाँको लागतमा अटोभिलेज निर्माण भएको हो।

पुल आवश्यक

पातुखोलाको दुबैतर्फ किनारामा अटोभिलेज निर्माण भएकाले व्यवसायी तथा सेवाग्राहीलाई वारपार गर्न पुल निर्माण आवश्यक रहेको उपाध्यक्ष पोखरेलले बताए। उनका अनुसार त्यसका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारलाई आफूहरुले ध्यानाकर्षण गराएको समेत बताए।

साथै उपमहानगरपालिकाबाट समेत त्यसका लागि पहल भइरहेको उनले बताए। पुल निर्माणका लागि उपमहानगरले केन्द्र सरकारसँग ‍२५ करोड रुपैयाँ बजेट माग गरेको पाेखरेलले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्