काठमाडौं– नयाँदिल्लीबाट काठमाडौं आएको एअर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा फ्लाई ओभर सुट गरिएको छ।
इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टबाट आज बिहान पौने १० बजे काठमाडौं आएको जहाजलाई फ्लाई ओभर सुट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा मिस एप्रोज भएपछि पाइलटले आकाशतिरै उडाएर जहाज दोस्रो पटक अवतरण गराएका थिए। प्राविधिक कारणवश जहाज अवतरण गर्न नसक्ने भएपछि फ्लाई ओभर सुट गर्ने गरिन्छ।
अवतरणका क्रममा धावनमार्गमा प्रवेश गर्दा जहाज अवतरण गर्न नसकेको स्थितिमा पुनः जहाज उडाइनुपर्ने अवस्थालाई फ्लाई ओभर सुट भनिन्छ। उक्त जहाज यात्रुहरु बेकेर दिल्ली उडिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।