बर्लिन- जर्मन चान्सलर एङ्गेला मर्केलले तर्कसङ्गत ब्रेक्जिटका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने मङ्गलबार बताएकी छिन्।
जर्मनीको राजधानी बर्लिनमा एक पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, 'जर्मनी, बेलायत तथा युरोपेली संघको ब्रेक्जिट सफल पार्नु साझा सरोकार हो।'
उनले थपिन्, 'युरोपेली संघ (इयू) बाट बेलायत बाहिरिने मिति अर्थात् मार्च २९ को समयसीमासम्म पनि जर्मनी र यहाँको चान्सलरका हैसियतमा मेरो प्रयास सबै पक्षको हित हुनेगरी तर्कसङ्गत ब्रेक्जिटका लागि हुनेछ।'
'हामीसँग प्रशस्त समय त छैन किनकि ब्रेक्जिटको समयसीमा अन्तिम चरणमा छ तर बाँकी दश दिनको समय अर्थात् मार्च २९ सम्म जर्मनी तर्कसङ्गत ब्रेक्जिटका लागि सम्बन्धित सबैसँग आवश्यक छलफलमा खट्नेछ', उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।