काठमाडौं- अश्लील संवाद प्रसारण गरेको आरोपमा प्रहरीले युट्युबमा 'मस्ती टक टाइम' सञ्चालक सहित तीन जनालाई पक्राउ गरेको छ। अश्लीलता झल्कने अन्तर्वार्ता उत्पादन गरी युट्युब च्यानलबाट प्रसारण गरेकाले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
युट्युबमा 'मस्ती टक टाईम' सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौंडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
उनीहरुलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको जानकारी प्रहरीले दिएको छ।
फुलचोकी मिडिया हाउसका नाममा उत्पादित कार्यक्रममा मनोरञ्जन क्षेत्रका कलाकारको अन्तर्वार्ता प्रसारण हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।