काठमाडौं- युथ क्रिएसन नेपालकोे आयोजनामा एकसाथ २ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एउटै मञ्चमा आयोजना गर्न लागिएको कार्यक्रममा ‘मिस्टर एन्ड मिस बेस्ट मोडल अफ द इयर २०१९’ र ‘मिस्टर एन्ड मिस एसइई बेस्ट मोडल अफ द इयर २०१९’ रहेका छन्।
आयोजकले ‘मिस्टर एण्ड मिस बेस्ट मोडल अफ द इयर २०१९’ प्रतियोगिताका लागि चैत ८ गतेसम्मकालागि आवेदन समेत खुल्ला गरेको छ। रोजिना शाक्यको गोरियोग्रफी रहेन प्रतियोगीतामा १६ देखी ३० वर्ष उमेर समूहले सहभागि हुन पाउनेछन्। प्रतियोगिताको पहिलो चरणको छनौट चैत ९ गते हुनेछ।
त्यस्तै ‘मिस्टर एण्ड मिस एसईई बेस्ट मोडल अफ द इयर २०१९’का लागि भने चैत २२ सम्म आवेदन दिन पाइने छ। यस प्रतियोगिताको पहिलो चरणको छनौट भने चैत २३ मा हुनेछ।
अडिसनबाट छानिएका प्रतियोगिलाई व्यक्तित्व विकाश, रनवे मोडलिङ, फेसन लगायतका बिभिन्न प्रशिक्षण सहित आगामी जेठ ३ गते अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ।
दुबै प्रतियोगिताका शीर्ष विजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई सिल्भर क्राउन, आकर्षक गिफ्टका साथै विभिन्न अवसर र पुरस्कारहरुको व्यवस्था गरिएको कार्यक्रमका संयोजक सहदेव वैद्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।