एजेन्सी– दक्षिण अफ्रिकाका डेभिड मिल्लरले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड बनाएका छन्। आइतबार बंगलादेशविरुद्धको खेलमा मिल्लरले आफ्नै देशका रिचार्ड लेभीको रेकर्ड तोडेका हुन्।
बंगलादेशविरुद्धको दोस्रो टी–२० खेलमा मिल्लरले ३५ बलमा शतक प्रहार गरेर कीर्तिमान बनाएका हुन्। मिल्लरले शतक बनाउन ७ चौका र ९ छक्का प्रहार गरेका थिए। नटआउट रहने क्रममा मिल्लरले १ सय १ रन जोडे।
यसअघि लेभीले २०१२ मा न्युजिल्यान्डविरुद्धको खेलमा ४५ बलमा शतक बनाउँदै कीर्तिमान बनाएका थिए।
मिल्लरको कीर्तिमानी ब्याटिङसँगै दक्षिण अफ्रिकाले २ सय २४ रन जोडेको थियो। दक्षिण अफ्रिकाको लागि हसिम अमलाले ८५ रनको योगदान गरे। २ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा १ सय ४१ रनमा अलआउट भएपछि ८३ रनले पराजित भयो।
सिरिजको २–० ले जितेर न्युजिल्यान्डले क्लिन स्विप गर्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।