काठमाडौं- चैत २२ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘लभ स्टेसन’मा समावेश भएको दोश्रो गीत सार्वजनिक भएको छ। ‘मेरो आगनीमा...’ बोलको सार्वजनिक भएको हो। गीतमा सुरेश लामाको स्वर, शम्भुजित बास्कोटाको संगीत तथा उज्ज्वल घिमिरेको शब्द रहेको छ।
गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ। अभिनेता प्रदीप खड्का लोक ब्यान्डको गायकका रुपमा देखिएका छन्। उनी फिल्ममा एक गायकको भूमिकामा रहेको फिल्म निर्माण युनिटले जनाएको छ।
गोविन्द शाही प्रस्तुतकर्ता रहेको फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।