नयाँ दिल्ली- आसन्न लोकसभा निर्वाचनमा भारतीय कांग्रेसले २३ राज्यका ३५४ सिटमा एक्लै चुनाव लड्ने भएको छ। उत्तरप्रदेश पछि कांग्रेसले पश्चिम बंगालमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ।
गत डिसेम्बरमा भएको निर्वाचनमा मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा जित हात पारेपछि कांग्रेसको मनोबल बढेको हो। ४ महिना अघि चुनावका लागि गठबन्धन बनाउन लागि पर्ने भारतीय कांग्रेस अहिले गठबन्धन दलमा सिट बाँडफाँड गर्दा धेरै वा बराबरीको हैसियत खोजिरहेको छ।
महाराष्ट्रमा एनसीपीसँग बढी सिट लिएको छ भने बिहारमा राष्ट्रिय जनता दलसँग बराबरी हैसियतमा लड्न चाहेको छ। तमिलनाडुमा द्रमुकसँग मात्रै थोरै सिटमा कांग्रेसले चित्त बुझाएको छ। ३९ मध्ये ८ सिटमा मात्रै कांग्रेसले उम्मेदवारी दिने छ।
कांग्रेसले ७ वटा राज्यमा ठूला क्षेत्रीय दलसँग गठबन्धन बनाएको छ। उसले अघिल्लो निर्वाचनमा बिहार, जम्मू कश्मीर, आन्ध्र प्रदेशमा दोस्रो स्थानमा रहेर सिट लिएको थियो। तर अहिले कांग्रेसले बराबरी भाग खोजिरहेको छ । जसका कारण कांग्रेसले सिटमा तालमेल नमिले २३ राज्यमा एक्लै चुनाव लड्ने गरि तयारी पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
कांग्रेस अध्यक्ष राहुल गान्धीले कर्नाटकमा चुनावी अभियान शुरु गरेका छन्। उनले कलुबर्गी क्षेत्रमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए। उक्त क्षेत्रबाट मल्लिकार्जुन खड्गे चुनाव लड्दै छन्। संवोधनका क्रममा गान्धीले मोदीले ५ सय र एक हजार दरका भारु नोट बन्द गरेको र देशको संविधान खत्तम बनाउन खोजेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।